काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता नवीन्द्रराज जोशीको निधनप्रति दुख व्यक्त गरेका छन् ।
शुक्रवार भएको जोशीको निधनप्रति दुख व्यक्त गर्दै देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भावुक ट्वीट गरेका हुन् ।
कांग्रेसले इमान्दार र निष्ठावान नेता गुमाएको बताउँदै देउवाले मृतक जोशीको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

मस्तिष्कघातका कारण गम्भीर अवस्थामा रहेका जोशीको आज(शुक्रवार) उपचारका क्रममा निधन भएको हो ।
मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया