एमाले संसदीय दल बैठक : फागुन २८ पछिका निर्णय फिर्ता नहुने ओलीको अडान

काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसेर गरेका निर्णय फिर्ता नहुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त अडान राखेका हुन् । शुक्रबारको संसदीय दलको बैठकमा यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गरेको वरिष्ठ नेता माधव कुमार नेपाल समूह पनि उपस्थित भएको थियो । ओलीले स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकतावद्ध बनाउन भूमिका खेल्न ओलीसंग आग्रह गरेका थिए ।

खनालले विगतको तितामिठा कुरा बिर्सिएर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताएका थिए । तर ओलीले भने पार्टीका पछिल्ला निर्णय फिर्ता नहुने बताएका छन् ।

गत फागुन २८ गते ओलीले एक पक्षीय रुपमा माओवादीका नेताहरुलाई समेटेर केन्द्रीय कटिटीको विस्तार गरेका थिए । त्यसमा नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?