काठमाडौंको वायुमण्डल अत्याधिक प्रदुषित, हवाई उडानदेखि जनजीवन प्रभावित (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । शुक्रवार काठमाडौं उपत्यकाको वायुमण्डलमा अत्याधिक धुलो धुँवा देखिएको छ ।

बिहानसम्म सामान्य रहेको काठमाडौं लगायत केही बाहिरी जिल्लाको वायुमण्डलमा अत्याधिक धुलो धुँवा र तुँवालोले ढाकेको हो । जसका कारण भिजिविलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानहरु प्रभावित भएको छ । दिउँसो २ बजेबाट प्रभावित भएको उडान केहीबेर अघिमात्रै उडान सुचारु भएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल र भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताए ।

वायुप्रदुषणका कारण बाहिर हिँड्दा आँखा पिरो हुने समस्या देखापरेको सर्वसाधारणले बताएका छन् ।

उनका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?