काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।
बैठकमा सहभागी हुन पुगेका पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल बैठकबाट बाहिरिएका छन् ।
नेता खनालले आफ्ना धारणाहरु राखेर बैठकबाट बाहिरिएका हुन् ।
बैठकमा नेता खनालले पार्टीलाई एकढिक्का बनाएर लैजान पहलकदमी भूमिकामा रहेर काम गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको स्रोतले बताएको छ ।
साथै खनालले पार्टी अध्यक्ष ओलीले एमाले पूर्ववत् रुपमा फर्किसकेपछि आफूखुसी निर्णय गरेको भन्दै त्यसलाई खारेज गर्न समेत माग राखेका छन् ।
यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो । आजको बैठकले संसदीय दलको बैठकमा उपस्थित हुने निर्णय गरेको थियो । यद्यपी वरिष्ठ नेता नेपाल भने उक्त बैठकमा सहभागी भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया