वेलकम ग्रुप परिवारले मास्क लगाएर मनायो होली

काठमाडौं । वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रालिले एक–आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ ।

शुक्रवार वेलकम ग्रुप परिवारले प्रालिको प्राङ्गणमा होली पर्व मनाएको हो ।

होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “ असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतुको आगमन सँगै होली पुर्णिमाको दिन एक आपसमा बिभिन्न रंग खेलि यो पर्व मनाईन्छ ।

कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा यसपालि पनि वेलकमले मास्क लगाएर होली मनाएको छ । आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गर्र्दै मनाएको वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले बताए ।

वेलकम ग्रुपका संचालक पौडेलले होलीको शुभकामना दिँदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवार मा मात्र सिमित रही यस बर्षको होली मनाउन सल्लाह र सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?