काठमाडौंको आकाशमा बाक्लो तुँवालो, २ बजेदेखि उडान प्रभावित

काठमाडौं । काठमाडौंको आकाश अत्याधिक मात्रामा धुलो धुँवाले प्रभावित बनाएपछि हवाई उडानहरु प्रभावित भएका छन् ।

शुक्रवार दिउँसो २ बजेबाट प्रदुषणका कारण त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको आन्तरिक तथा बाह्य उडानहरु प्रभावित भएको विमानस्थलका सूचनाअधिकारी तेजबहादुर पौड्यालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार भिजिलिटी नपुगेका कारण बाहिरबाट आउने र उडानभर्ने दुवैको बन्द गरिएको छ ।

यसैगरी आकाशमा बाक्लो मात्रामा तुँवालो रहिरहेकै कारण कतिबेलाबाट उडान सुचारु हुन्छ भन्ने अनुमान गर्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?