एमाले संसदीय दलको बैठक शुरु : झलनाथ सहभागी, गएनन् नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक शुरु भएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरु भएको हो ।

आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका छन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने उक्त बैठकमा सहभागी भएका छैनन् ।

आज नेपाल पक्षका सांसदहरुको केन्द्रीय कमिटी बैठकले उक्त बैठकमा सहभागी हुने बताएका थिए ।

यसअघि गत चैत ७ गते प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांदसहरु उपस्थित भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?