राणा र लोहनी एउटै चिन्हमा चुनाव लड्ने भएपछि भाँडभैलो

काठमाडौं, १९ असोज—पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चिन्हमा चुनाव लड्ने सहमतिको डा लोहनीका पार्टीका पदाधिकारीहरुले विरोध गरेका छन् ।उनिहरुले पार्टीभित्र कुनै छलफल नै नगरी अध्यक्ष लोहनीले राणाको पार्टीसँग एउटै चिन्हमा चुनाव लड्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन् । एकीकृत राप्रपा राष्ट्रबादीका महामन्त्री श्याम तिमल्सिना , उपाध्यक्ष तारानाथ लुइटेल, महामन्त्री तीर्थ श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष गणेश शेरचन, सहमहामन्त्री कैलाश गुरुङ र नवराज दाहाल, संसदीय समितिको सदस्य सचिव कर्णप्रखर धिताल, केन्द्रीय सदस्य लगायतले विरोध गरेका हुन् ।उपाध्यक्ष लुईँटेलले निर्णय नसच्याइए पार्टीबाट राजिनामा दिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?