काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने भएका छन् ।
नेता नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकको त्यस्तो निर्णय गरेको संसदीय दलको बैठकमा आफू पक्षीय सांसदहरु जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज तीन बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए ।
नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा ओलीले बोलाएको बैठकमा जाने वा नजाने विषयमा छलफल भएको थियो । यसअघि गत चैत ७ गते बसेको एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु गएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया