विद्यार्थीलाई मानसिक तनाव दिँदै आइआइएफटी

काठमाडौं–ललितपुरको कुमारी पार्टीमा रहेको फेसन डिजाइन सम्बन्धि पढाइ हुने गरेको आइआइ एफटी नामक संस्थाले विद्यार्थीहरुलाई मानसिक तनाव दिने गरेको खुलासा भएको छ ।

उक्त संस्थाले त्यहाँ होस्टलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुलाई जथाभावी गाली गलौज गर्ने गरेको विद्यार्थीहरुको गुनासो छ । त्यसैगरी उक्त संस्थाले आइएफटी नामक फेसन शो गर्न लागेको र त्यसका लागि प्रत्येक विद्यार्थीहरुलाई २ हजार दरको ५ वटा टिकट कुनै पनि हालतमा बेच्नुपर्ने भन्दै दवाब दिइपछि विद्यार्थी आत्तिएका छन् ।

उक्त फेसन शोका लागि सहभागि हुन आइआइएफटीले विद्यार्थीसँग छुट्टै २५ सय रुपैयाँ उठाएको छ । काठमाडौं उपत्यका र बाहिरबाट समेत आएर त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई व्यवस्थापनले टिकट बेच्नै पर्ने दवाब दिएपछि ती विद्यार्थी कुमारी पार्टी क्षेत्रका विभिन्न पसलमा टिकट विक्री गर्न हिडेका थिए ।

फेसन शो सम्बन्धि कार्यक्रममा पनि विद्यार्थीहरुलाई पक्षपात गर्ने गरेको विद्यार्थीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?