काठमाडौं । पूर्व खानेपानी मन्त्री बिना मगरले आफूहरुको अथक प्रयासले मेलम्ची खानेपानी आयोजनाको कामले तीव्रता पाएको बताएकी छिन् ।

शुक्रवार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण गर्दै पूर्वमन्त्री मगरले त्यस्तो बताएकी हुन् ।
प्रशिक्षणपश्चात सामाजिक सञ्जालमा लेख्दै मगरले मेलम्चीको पानी पिउने उपत्यकाबासीको सपना छिट्टै पूरा हुने बताएकी छिन् ।

उनले भनिन्- ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर घरमा खानेपानी आउँदैछ । हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया