काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक बसेको छ ।
नेपाल पक्षले बोलाएको उक्त बैठक काठमाडौंको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको हो । आजको बैठकमा भावी रणनीति साथै आजै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा जाने वा नजाने भन्ने विषयमा छलफल शुरु भएको स्रोतले जनाएको छ ।
त्यस्तै आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरण पठाइसकेको अवस्थामा आगामी दिन कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले अपरान्ह तीन बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । यसअघि चैत ७ गते ओलीले बोलाएको बैठकमा नेपाल पक्षका केही सांसदहरु समेत उपस्थित रहेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया