प्रधानमन्त्री ओली अधिनायकवादतर्फ उन्मुख भएको नेता सिंहको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक कार्यक्रममा मोबाइलबाट फोटो रभिडियो खिच्न रोक लगाएको सुनिएको र यदि त्यो सत्य भएमा त्यसबाट नै ओली अधिनायकवाद उन्मुख भएको आरोप लगाएका हुन् ।

लहान नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सिराहा पुगेका नेता सिंहले ओलीले तानाशाह चरित्र देखिँदै जाँदा अहिले फरक मत राख्ने एमाले भित्रको एउटा समूह र माओवादी केन्द्र शुरुका दिनमा मौन बसेको समयमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणती भएको बताए।

प्रधानमन्त्री ओलीले पहिले तानाशाही प्रकृतीका विधेयक ल्याउँदा ओली प्रवृतिको विरोध गर्न नसक्नुले अहिले पछुताउनुको नभएको टिप्पणी गरे ।

त्यस्तै नेता सिंहले फरक प्रसंगमा बोल्दै अहिले जसपाले नैतिकता गुमाइसकेको सरकारसँग माग पूरा गर भन्नु गलत भएको टिप्पणी गरे । साथै जसपाले सहि समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न समेत आग्रह गरेका छन् ।

पहिले जसपा नै सरकारमा सामेल भएर मन्त्री भएको र सरकारलाई समर्थन दिएर बस्ने दुईतिहाई हुँदा अहिले उठाएका मुदा समाधान गर्न ध्यान नदिएको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरे । त्यसैगरी मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै असहज परिस्थिति जिम्मेवारीबाट यो या त्यो बहानाबाजी नगरी ओलीको बिधाई गर्न प्रस्ट हुन जसपालाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?