प्रचण्डमाथि दया जागेको भन्दै यसरी प्रस्तुत भए कांग्रेस नेता

काठमाडौं, १९ असोज — नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहत्तलोकतान्त्रिकमोर्चा बनाएको स्पष्ट पारेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. खड्काले एमाले, नेकपामाओवादी केन्द्र र नयाँशक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमानलिएको बताउँदै यो राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने स्पष्ट पारेका हुन् । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन्।’नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।उनले थपे,‘बास्तवमामलाई प्रचण्डजीप्रति दयालागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा(सायद २२ वर्षपछि) होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० माखुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबीथियो ।एमालेकाशीर्ष नेताहरुले समेत आफ्नो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलप्रवाहहो र माओवादीपनियसमै समाहितभएको भनेर सार्वजनिकअभिव्यक्ति समेत दिएको कुरा उल्लेख गर्दै नेता खड्काले भने,‘हिजोमात्रै एमाले नेतामाधव नेपालको अभिव्यक्ति म सुन्दैथिएँ, उहाँले माओवादीलाई होच्याएर बोल्नुभएको छ।’ ०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकतागर्नुले उनको जुझारु क्रान्तिकारीतामाथि नै प्रश्न उठेको उनको भनाई थियो ।नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकताप्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनावआउँदैछ, हेर्दैजानुहोला टिकट वितरणमा सबै देखिहालिन्छ।’यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालिहाल्नुपर्ने अवस्थाभने नरहेको जिकिर गरे । खड्काले भने,‘हुन त हामीले वाम गठबन्धनको काउन्टरमा बृहत्तलोकतान्त्रिकमोर्चा बनाउने निर्णय गरिसकेका छौं।’ खड्काले यो लोकतान्त्रिक गठबन्धनभित्र केहीचूनौतिहरु भने अवश्य रहेको स्विकार गरे । उनले भने,‘लोकतान्त्रिकउम्मेद्धवारहरुले जित्नुपर्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?