काठमाडौं । मोटरसाइकल दुर्घटनामा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको पीएसओको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) मदनजंग कापरलाई जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिएको थियो ।

आज (शुक्रवार) बिहान ३ः२० को समयमा बर्दिवासबाट जनकुपर आउँदै गरेको चढेको लु ५३ प ८५७५ नम्बरको असई कापर चढेको मोटरलाइकललाई विपरित दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।
उनको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले लोकपथलाई जानकारी दिए ।

प्रवक्ता मिश्रका अनुसार मोटरलाइललाई ठक्कर दिने उक्त ट्रकलाई सुनसरीमा नियन्त्रणमा लिइएको छ । मृतकको पोस्टमार्टम भइरहेको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया