नेपाल पक्षले बोलाएको एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

नेपाल पक्षले बोलाएको केन्द्रीय समिति बैठक बिहान ११ बजे बस्न लागेको हो ।

सर्वोच्च अदालतले पार्टी एकिकरणलाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फकाईदिएसँगै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्ष दुई समूहमा आ(आफ्ना क्रियाकलाप गरिरहेका छन् ।

यसअघि अध्यक्ष ओली पक्षले गत फागुन २८ गते केन्द्रीय समिति बैठक बोलाई प्रदेश ईञ्चार्जहरुको नियुक्ती लगायतको निर्णय गरेको थियो ।

त्यसको विरोध जनाउँदै आएको नेपाल पक्षले समानान्तर कार्यक्रमहरु गर्दै आइरहेको छ । साथै नेपाल पक्षले महिला संघको भेला लगायत विद्यार्थी संगठनहरुमा समेत समानान्तर कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?