बाइडेनको नयाँ लक्ष्य : १०० दिनमा २० करोड अमेरिकीलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा २० करोड जना मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताएका छन् । ह्वाइट हाउस  गरिएको उनको पहिलो पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने नयाँ लक्ष्य रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बाइडेनले सो लक्ष्य महत्वाकाङ्क्षी र यसअघिको लक्ष्यभन्दा यो दोब्बर भएपनि लक्ष्य पुरा गर्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?