एसियाली भारोत्तोलन च्याम्पियनसिपः सहभागी नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीवार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ ।

च्याम्पियनसिप पुरुषको ४९ औं र महिलाको ३० औं संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् ।
अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।

सन्जु नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता हुन् । सागको कुनैपनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् ।

प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवम् कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीवारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?