आफैले पालेको राँगाले हानेपछि…

RSS
0
Shares

सिन्धुपाल्चोक- आफैले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन्।

बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?