काठमाडौं । ललितपुरमा एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका ५ का भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
थापाले ललितपुर महानगरपालिका १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति चोरीकाे प्रयास गरेका थिए । साथै उनले बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरीकाे प्रयास गरेका थिए ।
साे कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका १४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा ३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
उनी माथि चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया