सिद्धार्थ बैंकको सुविधा : eCom कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ eCom कार्डको शुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको भऋयm कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका अनुसार कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्नेछन् ।

बैंकले यो सुविधा चैत १३ गते शुक्रवारबाट लागू गर्न लागेको हो ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?