काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५३ हजार ४७६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमित थपिएपछि त्यहाँ कूल संक्रमितको संख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ५१ जनाको मृत्यु भएपछि त्यहाँ कूल मृतकको संख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधीमा यहाँ कूल संक्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमवारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधवार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया