कोरोना कहरकाबीच काठमाडौंमा होली हंगामा (फोटोफिचर/भिडियो)

काठमाडौं । आज हिन्दु धर्मावलम्बीकोे पर्व होली । होली अर्थात् रंगहरुको पर्व। आज काठमाडौं लगायत देशका विभिन्न स्थानमा एकआपसमा रङ दलेर नाचगान गरी लोला खेलेर होली पर्व मनाउने भएकोले यो पर्वको विशेष महत्व रहेको छ ।

होली पर्वलाई सबै जात, भूगोल, भाषा, धर्म, पेशा, लिंग र उमेर समुहलाई एकै ठाउँमा ल्याई खुसीयाली साटासाट गर्ने एउटा राम्रो अवसरको रुपमा समेत लिइन्छ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।

आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी काठमाडौं सहित देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । अहिले राजधानीका विभिन्न चोकहरुमा साङ्गितिक कार्यक्रम हुँदैछन् भने सडकमा एकआपसमा अबिर तथा रङ लगाई होली पर्व मनाउँनेहरुको चहलपहल छ ।

राजधानीको ठमेल, वसन्तपुर, न्यूरोड, अशन लगाएतका नेपालीहरुका साथमा विदेशीहरुले पनि रङ दलेर एकआपासमा रमाइलो गर्दै होली मनाइरहेछन् । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । तर कोरोनाको कहर बढेका कारण अघिल्लो वर्षजस्तै यसपटक पनि मानिसहरुको उपस्थिती बाक्लो देखिँदैन ।

फोटोमा हेर्नुहोस् : 

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?