जिउँदै श्रद्धाञ्जली पाएका ७ नेपाली (भिडियो रिपोर्ट)

काठमाडौँ- जन्म र मृत्यु शाश्वत् सत्य हो अर्थात् जन्मिएपछि हरेक प्राणीले मृत्युवरण गर्नैपर्छ । जन्मिँदा खुशी र मृत्युमा दुःखी हुनु हाम्रो स्वभाव मात्रै होइन मानवता पनि हो । मानिसको मृत्युपछि दुःख व्यक्त गर्नु, श्रद्धाञ्जली दिनु, शोकाकूल परिवारप्रति समवेदन प्रकट गर्नु हाम्रो धर्म हो ।

तर कहिलेकाँही हामी आफैले निभाएको मानवताको धर्मले आफैलाई अप्ठेरोमा पार्ने गर्छ । प्रविधिको तीव्रतर विकाससँगै पछिल्लो समय फस्टाएको सोसल मिडिया र अनलाइन संचारमाध्यमहरुमा ‘फास्ट अपडेट’ को प्रतिस्पर्धा चलेको देखिन्छ । एकातिर ‘ब्रेकिङ न्यूज’ को प्रतिश्पर्धा त छदैँछ अर्काेतिर ‘भ्यूज’को प्रतिश्पर्धा पनि उत्तिकै छ ।

यिनैकारण संवेदनशील विषयहरु समेत ‘स्टाटस’ र ‘न्यूज’कारुपमा प्रकाशन भईरहेका छन् । यतिसम्म कि मृत्यु जस्तो निकै संवेदनशिल विषयमा समेत सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइन मिडियाहरु बारम्वार चिप्लिरहेका हुन्छन् । यावत कारणले जिवित रहेका व्यक्तिले श्रद्धाञ्जली पाएका छन् भने परिवारजनको पीडामा थप नुन छर्ने काम भईरहेका छन्।

आज हामीले एउटा यस्तै भिडियो सामग्री प्रस्तुत गर्दछौं । यी उच्च पदस्थ व्यक्तिहरु जसले आफैलाई दिएको श्रद्धाञ्जली आफैले सुन्न बाध्य भए अर्थात् जिवित हुँदै श्रद्धाञ्जली पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?