२७ श्रावण २०७९, शुक्रवार

पर्वतबाट काँग्रेसले ६७ जनाको नाम सिफारिस गर्‍यो

२०७४,आश्विन,१९,बिहीवार १३:४७

0
Shares

फलेवास, पर्वत, १९ असोज ।आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।तीन/तीन जनाको नाम छनौट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए ।असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिलाई परिपत्र गरेको भएपनि सहमति हुन नसकेपछि आज बिहान मात्र आकांक्षी ६७ जनाको नाम केन्द्रीय समितिमा पठाइएको भुसालले जानकारी दिनुए ।केन्द्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन/तीन जना सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तोकिएको भन्दा तीन गुणाबढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको नेपाली काँग्रेस पर्वतका सचिब विश्वप्रकाश प्रसाईले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १३:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । नेकपा एमाले महोत्तरीको अधिवेशनको चर्चाले जिल्ला राजनीतिकबृतमा पुनः अधिवेशन होला कि नहोला भन्ने विषयले थप चर्चा पाएको छ

१. कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर गरिन् आत्मदाहको प्रयास, पेट्रोल छर्किएर शरीरमा आगो लगाउन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९