खोटाङमा आगलागीबाट ४ घर जलेर नष्ट

RSS
0
Shares

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधवार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए । खनालका अनुसार आठ वर्षअघि जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर गुमाएका ढकाल परिवारले पुनः निर्माण गरेका घर पुनः यस वर्ष सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको हो ।

डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको जनाइएको छ । आगलागी पीडित भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?