सैन्य कमाण्डरको गोली हानी हत्या

लोकपथ
0
Shares

एजेन्सी । लिबियामा सैन्य कमारण्डरको गोली हानी हत्या गरिएको छ । लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको हो ।

बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो ।उक्त घटनामा वारफल्लीका भतिज पनि मारिएका छन् । घटनाको जिम्मेवारी कहिलेसम्म कसैले लिएको छैन् ।

लिबियामा एक प्रभावशाली कमाण्डरको छवी बनाएका वारफल्ली अहिलेका सैन्य कमाण्डर खालिफा हफ्तरसंग निकै बफादार मानिन्थे । तर उनी पश्चिमा मानव अधिकारवादी संस्था एवं नदेरल्याण्ड्सको द हेगस्थित अन्तराष्ट्रिय अदालतबाट युद्ध अपराधमा खोजिएका संदिग्ध हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?