बंगलादेशबाट फर्किएको भोलिपल्टै राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेट भएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशको भ्रमणबाट फर्किएको भोलिपल्ट राष्ट्रपति भेट्न प्रधानमन्त्री  ओली शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच आज(बुधवार) शितल निवासमा साँझ करिब १ घण्टा भेटवार्ता भएको हो ।

भेटमा भएको कुराकानीका विषयमा भने अझै खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?