स्पष्टीकरणका विषयमा छलफल गर्न नेपाल पक्षका नेताहरुको भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु स्पष्टीकरणका विषयमा छलफलका लागि जुटेका छन् ।

पार्टी हित विपरित काम गरेको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणका विषयमा आफू पक्षीय नेताहरुबीच एकमत बनाउन नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरु स्पष्टीकरणका विषयमा साझा धारण बनाउन एक नेताको घरमा छलफलमा जुटेको स्रोतले जनाएको छ ।

आजको छलफलले स्पष्टीकरण तयार पार्नुका साथै आगामी रणनीति तय गर्ने समेत बताइएको छ ।

पार्टीको हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिनभित्र स्पष्टीकरण पठाउनका लागि महासचिव ईश्वर पोखरेल मार्फत् नेताहरुलाई पत्र पठाइएको थियो । तर नेपाल पक्षका नेताहरु भने ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै प्रतिस्पष्टीकरण सोध्न पक्षमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?