नेपालमा कोरोना : थपिए १४५ संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३ हजार २० जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा ११ सय ८२ सक्रिय कोरोना संक्रमित रहेका छन् भने हाल ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यसैगरी हालसमम्म नेपालमा २२ लाख ४८ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?