डिएफएसके ग्लोरी आई-अटो नेपालमा सार्वजनिक

काठमाडौं । डिएफएसकेको आधिकारीक विक्रेता कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजनिक गरेको छ ।

यसअघि ग्लोरी सिरिजमका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा अब नया मोडल आई-अटो थप गरेको कुजु नेपालले जनाएको छ ।

आई अटो इन्टेलीजेन्ट एसयूभी भएको र यसका फिचर्स भ्वाइस कमान्ड बाटै चलाउन सकिनेछ । डिएफएसकेका एसयूभी लग्जरी र उच्च माइलेजका लागि विश्व बजारमा चर्चित रहेको र नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभी भन्दा एड्भान्स फिचरले भरिपूर्ण रहेको कुजु नेपालको दाबी छ ।

इनेलिजेन्ट एसयूभी ग्लोरी आई अटोमाल आईटक नामक भ्वाइस कमाण्डको विशेषता पाउन सकिने र फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड कार कन्ट्रोल भ्वाइस नेभिगसन कनेटिभिटी फिचर संचालन गर्न सकिने कुजु नेपालले जनाएको छ ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको सो एसयूभीमा अगाडी र पछाडि दुबै तर्फ एलइडी लाइटको प्रयोग, दुईवटा एग्जस्ट पाइप पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई अटोलाई स्पोर्टी बनाएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको सो एसयूभीमा सुरक्षाका लागि ४ वटा एयरव्याग चारै चक्कामा डिस ब्रेक प्रयोग गरिएको छ ।

ग्लारी आई स्मार्टमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन छ । सो इन्जिनले अधिकतम १५० पीएस तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्ने यो एसयूभीमा अटोमेटिक गियरबक्समा नेपाल आउने कुजु नेपालले जनाएको छ । यसको मूल्य ८९.५० लाख निर्धारण गरिएको कुजु नेपाल प्रालिका सञ्चालक उमीद श्रेष्ठ खोजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?