आ-आफ्नै दाउ : ‘फ्लोर क्रस’ भएमा ओलीले कसरी सत्ता जोगाउलान् ?

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन कोशिस गरिरहेता पनि आफ्नै पार्टी भित्रबाट सहयोग नपाए उनलाई सत्ता जोगाउन निकै कठिन हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउनका लागि जनता समाजवादी पार्टी (जसपा)को साथ मागेका छन् । तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने दाउमा छन । त्यसकारण पनि ओली आफ्नो सत्ता जोगाउन जसपाको सहयोग मागेका हुन् । यद्यपि माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । उसले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा मात्रै नयाँ सत्ता समीकरणको बाटो खुल्नेछ । तर प्रधानमन्त्री ओलीलाई हटाउने कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

संवैधानिक र कानूनी रुपमा प्रधानमन्त्री ओलीसँग संसदमा स्पष्ट बहुमत छ । गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गरिदियो । त्यसैगरी सर्वाेच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पहिलाकै अवस्थामा ब्यूताइँदिएपछि सत्ता समीकरणका लागि राजनीतिक दलहरु अग्रसर भएका हुन । कांग्रेस माओवादी र जसपा सरकार बनाउने बारे एकले अर्काको निर्णय पर्खिरहँदा ओली भने जसपालाई फकाउन लागेका छन् । ओली भरिसक्य बिपक्षी गठबन्धनलाई रोक्ने र आफू सत्ता जोगाउने ध्याउन्नमा लागेका छन् ।

सजिलो छ त ओलीलाई सत्ता जोगाउन ?
सत्ता जोगाउन प्रधानमन्त्री ओलीलाइ सहज भने छैन । आफ्नै पार्टीका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल ओलीले पार्टीमा पेलेर गएको अवस्थामा असन्तुष्ट छन । उनीहरुले एमालेमा समानान्तर कमिटी बनाउदै गएका छन् । ओलीसंग नझुक्ने नेपाल–खनालको अडान छ । एमालेका प्रतिनिधि सभामा १ सय २१ जना सांसद रहेकामा ओलीको पक्षमा ८३ जना छन् भने नेपाल–खनालको पक्षमा ३८ जना छन् । सरकार बनाउनका लागि १ सय ३८ सांसद चाहिन्छ । जसपासंग ३४ जना (दुई जना निलम्बित) सांसद रहेका छन् । ओलीले संसदमा विश्वासको मत लिनुपर्ने अवस्था आएमा पार्टीका असन्तुष्ट पक्षलाई साथमा लिएनन् र असन्तुष्टहरु क्रस भोटिङमा गए भने जसपाले साथ दिएर पनि ओलीको सरकार जोगिदैन ।

ओलीलाई हटाउन ३ दल अनिर्णित !
ओलीलाई हटाउने विषयमा कांग्रेस, माओवादी र जसपा एक अर्काको औपचारिक निर्णय पर्खेर बसेका छन् । उनीहरुबीच कुरा नमिल्दा ओलीको सरकार अझै केही समय लम्बिने छ । हतारमा निर्णय गर्दा ओलीलाई हटाउन सफल नहुने होकि भन्ने उनीहरुको बुझाई छ र एमालेको नेपाल – खनाल पक्षले पनि ओलीलाई हटाउने बारेमा तीन दललाई विश्वास दिलाउन सकेको छैन । प्रतिनिधि सभामा कांग्रेसका ६३ (दुई जना निलम्बित) र माओवादीका ५३ (चार जना एमालेतिर लागेका) सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?