एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा, पाँच वर्षको लागि कन्ट्रयाक

RSS
0
Shares

काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कार्यालय थापाथली स्थित नयाँ भवनमा सार्न लागिएको छ । हाल धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालय त्यहाँ सार्न लागिएको हो ।

बैशाख १ गते सर्ने उक्त घर साढे २ तलाको १३ कोठा रहेको र पाँच वर्षको लागि सम्झौता भएको बताइएको छ ।

No description available.

साथै प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरेका छन् ।

आज बुधवार थापाथली स्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

No description available.

नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?