काठमाडौं । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका-९ बस्ने २३ वर्षीय रविन विक रहेका छन् ।
शिवसताक्षी नगरपालिका-७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतवार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी रेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया