प्रदेशमा अविश्वास प्रस्ताव फिर्ता हुने : मुख्यमन्त्रीद्वय पौडेल र राईको पद जोगियो !

काठमाडौं ।  एमाले संसदीय दलको बैठकले प्रदेश नं १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

यससँगै अब केन्द्रको राजनीतिमा भएको खिचातानीका कारण धरापमा परेको प्रदेश नं १ र बागमती प्रदेशका मुख्यमन्त्रीद्वय शेरधन राई र डोरमणी पौडेलको पद जोगिने भएको छ।

संसद विघटनपछि तत्कालिन नेकपामा राजनीतिक विभाजन आएसँगै एकले दोस्रो पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रतिष्पर्धा चलेको थियो ।

फागुन २३ गते सर्वोच्चको फैसलासँगै एमाले र माओवादी पार्टी एकिकरण अघिको स्थितिमा फर्किएपछि समेत आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ठ भएका एमाले नेता माधवकुमार नेपाल पक्षले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको थिएन ।

आज बसेको दुवै प्रदेशको एमाले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएसँगै मुख्यमन्त्रीविरुद्ध लगिएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?