श्रीमानसँगै गेष्ट हाउसमा बसेकी सिर्जना मृत फेला, श्रीमानको बयान – म अचम्मित छु !

काठमाडौं । बुधवार एकाबिहानै जनकपुरधामको एक होटलमा महिलाको शव फेला पर्छ। दुई दिनदेखि श्रीमानसँगै गेष्ट हाउसमा बस्दै आएकी ३० वर्षीया सिर्जना सुनार श्रीपाली मृत फेला परेपछि हल्लीखल्ली हुन्छ। प्रहरीसम्म खबर पुग्छ ।

यस्तो थियो ‘क्राइम सीन’ : 

मृतक सिर्जना श्रीपाली यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आइन् । मृतक श्रीपाली जनकपुरधाममा रहेको रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी थिइन्।

सिर्जनाको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको छ।

बेलुका श्रीमानसँग्र होटलमा बसेकी सिर्जना बिहान एका एक आधा शरीर पानीमा डुबेको अवस्थामा फेला परेपछि घटना शंकाष्पद बनेको हो ।

के भन्छन् सिर्जनाका श्रीमान विश्वास श्रीपाली ?

विश्वास ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विश्वास श्रीपाली अहिले घटनास्थलमै छन् ।

‘बेलुका खाना खाएर सुत्न लागेका थियौँ । उनले दिउँसो पनि सुतेका कारण मलाई निन्द्रा छैन हजुर सुत्नु भनिन् । म सुते । बिहानै निन्द्रा खुल्यो उठ्दा उनी कोठामा थिइनन् । ट्वाइलेट गईन् होला भनेर खास्सै वास्ता गरिन फेरि सुते पछि उठ्दा पनि उनलाई नदेखेपछि खोजि गर्न थाले ।’ मृतक सिर्जनाका श्रीमान विश्वासको भनाई उदृद गर्दै प्रहरी प्रवक्ता मिश्रले लोकपथलाई बताए ।

घटनाबारे प्रहरी के भन्छ ?

‘हामी अनुसन्धान गर्दै छौँ । मृतकका श्रीमान विश्वासले होटलको पाँचौँ तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् । तर हामी अनुसन्धान गर्दै छौँ ।’ प्रवक्ता प्रहरी मिश्रले बताए।

‘सिर्जनाको परिवार घटनास्थल आँउदै हुनुहुन्छ । उहाँहरु आएपछिमात्रै शव पोष्टमार्टमको लागि पठाउँछौँ । हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ उनले थपे ।

सिर्जनाको मोबाइल शव भए नजिकै भेटिएको प्रवक्ता प्रहरी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?