स्व सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन

RSS
0
Shares

झापा । प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्व सिके प्रसाईंकी धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको निधन भएको छ ।

उनको ९० वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो । राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी उनले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिइन् ।

पार्टीको गुटगत राजनीतिका कारण उनी पराजित भएको जानकारहरु बताउँछन् । नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली जनताका वाक, प्रकाशन स्वतन्त्रता जस्ता अधिकार प्राप्तिका लागि आवाज बुलन्द गरेवापत तत्कालीन पञ्चायती सरकारले सर्वस्वहरणसहित जीवनसाथी सिके प्रसाईंलाई देश निकालाको कारवाही गर्दासमेत प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अघि बढ्न उनले उत्प्ररित गरेको नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाले बताए।

सिके प्रसाईंसँगै राजनीतिमा सक्रिय रहेकी स्व प्रसाईंको जन्म १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तान हुन् ।

स्व प्रसाईंका छोरा विवेककेशरी, बुहारी सङ्गीता, छोरीहरू रमिता र नम्रता हुनुहुन्छ । दिवङ्गत प्रसाईंको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?