भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड खुल्यो

लोकपथ
0
Shares

काठमाडौं । मर्मतसम्भार र कालोपत्रे गर्न दुई महिनादेखि बन्द रहेको भीमफेदी–कुलेखानी– काठमाडौं सडकखण्ड खुलेको छ । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मर्मतको काम सकिए पछि आज बिहानदेखि सञ्चालनमा आएको हो । भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयााँ बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डाक्टर सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । यस्तै मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?