कोरोना संक्रमण : कञ्चनपुरमा निषेधाज्ञा

लोकपथ
0
Shares

कञ्चनपुर । कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमावर्ती जिल्ला कञ्चनपुरमा पनि कोरोना संक्रमण फैलिने जोखिम रहेकाले जात्रा, पर्व, महोत्सव, जुलुस मेला लगाउनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलवार राति १२ बजेदेखि नै लागु हुने गरी रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।

कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सीमा नाका रहेकाले नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

यस बाहेकका सबै प्रवेश बिन्दु र खुला सीमा नाकाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?