चितवन राष्ट्रिय निकुञ्जमा भेटियो नयाँ प्रजातिको चरा

RSS
13
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नयाँ प्रजातिको चरा फेला परेको छ । राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर नामको नयाँ चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए ।

रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजङ्गा संरक्षण क्षेत्रमा भेटिने लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिएको बर्ड एशोसिएशन सोसाइटी सौराहा चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

एक हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा पाइने यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो चरा आगन्तुकका रूपमा दर्ता भएको छ ।

यो चरासहित अब चितवनमा ६ सय ५७ प्रजातिका चरा पाइन्छन् । ‘लामपुच्छ्रे चाँचर चरा भुटान, चीन, लावस म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?