चेपाङ समुदायको आयआर्जन वृद्धिका लागि बोयर जातका बोका वितरण

RSS
0
Shares

चितवन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेको हो ।

चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको बोका वितरण गरेको हो ।

गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको छ ।परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई÷दुईवटाका दरले २२ बोका वितरण गरिएको छ ।

चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गर्नुभएको हो । यो परियोजनाले चेपाङ समुदायको आर्थिक, सामाजिक व्यवहारमा सकरात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?