म्यानमार : सेनाको गोली लागेर ७ वर्षीया बालिकाको ज्यान गयो

लोकपथ
0
Shares

एजेन्सी । म्यानमारमा जारी हिंसामा सेनाले चलाएको गोली लागेर ७ वर्षीया बालिकाको ज्यान गएको छ । भने हिंसामा परि ज्यान गुमाउनेको संख्या २ सय ७५ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी बर्मेली नागरिक हुन्। परिवारजनका अनुसार उनी मन्डलेस्थित आफ्नै घरमा मारिएकी हुन् । सेभ द चिल्ड्रनका अनुसार बर्मामा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?