काठमाडौं । सांसद इन्दुकुमारी शर्माले झा दम्पतीको दोषिलाई पत्ता लगाउन माग गरेकी छिन् ।
शर्माले प्रतिनिधि सभाको मंगलवारको बैठकको शुन्य समयमा बोल्दै झा दम्पतीको दोषिलाई पत्ता लगाउन माग गरेकी हुन् ।
उनले महोत्तरीमा फागुन १० गते ६५ वर्षिय मुसाफिर झा र उनकी पत्नी गितादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषि पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै दोषि पत्ता लगाइ दोषि उपर कानुनी कारबाही गर्न माग गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया