प्रधानमन्त्री ओलीसँग जसपाको भेटवार्ता सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको शीर्ष नेताहरुबीच भेटघाट भएको छ ।

विभिन्न मागहरुसहित सत्ता समीकरणका विषयमा छलफल गर्न मंगलवार बिहान जसपाका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीचको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीसँग भेटेका जसपाले आफ्ना मागहरु पूरा गर्न बालुवाटार सकारात्मक भएको भन्दै भेटघाटलाई निरन्तरता दिएका हुन् ।

त्यस्तै जसपाले आफ्ना मागहरु सम्बोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन्। जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका मागहरु जसपाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?