काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत फागुन २३ गते खोप लगाएका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
निमोनिया, खोकी लगायत लक्षण देखिएपछि परिक्षण गर्दा उनमा संक्रमण भएको देखिएको हो । खोप लगाउनासाथ इम्युनिटी विकास हुन कम्तिमा एक महिना लाग्ने भएकाले ती व्यक्तिमा इम्युनिटी विकास हुनु अघि नै संक्रमण भएको हुन सक्ने टेकु अस्पतालले जनाएको छ ।
त्यस्तै पछिल्लो केही दिनयता छिमेकी राष्ट्र भारतमा सहित युरोपेली मुलुकहरुमा पनि कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध समेत गरेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया