९ चैत्र २०७९, बिहीवार

लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान

२०७४,आश्विन,१९,बिहीवार १३:१३

0
Shares

काठमाडौँ, १९ असोज ९ ।नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ ।काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।दलहरु फुट्नुभन्दा जुट्नु राम्रो भए पनि संविधान कार्यान्वयन नहुञ्जेल लोकतान्त्रिक र साम्यवादी विचार राख्ने दलका बीचमा समन्वय हुनुपर्ने विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले बताए ।“एकदलीय पद्धति ठीक हुन्न भन्ने सोच राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक गठबन्धनमा एकीकृत गर्ने गरी बैठकमा छलफल शुरु भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्न पनि लोकतान्त्रिक मोर्चा अपरिहार्य बनेको छ”, उनले भने ।बुधबार बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो जसअनुसार बुधबार साँझ नै काँग्रेस, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो ।दिउँसो ३ बजे पुनः काँग्रेस कार्य सम्पादन समितिको बैठक बसी बेलुकी छ दलीय कार्यदलको बैठक बस्ने जनाइएको छ । यसैगरी बृहत् लोकतान्त्रिक मोर्चा र आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेदवारी तय गर्ने सम्बन्धमा छलफल गर्न शुक्रबार बिहान ८ बजे काँग्रेस केन्द्रीय कार्य समितिको बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १३:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००