दाङमा स्कुल बस दुर्घटना : दुई जनाको मृत्यु

लोकपथ
0
Shares

दाङ । दाङको ज्ञानदीप कलेजको बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । मंगलवार बिहानै भएको बस दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गणेशपुर निवासी १९ वर्षीया सम्झना केसीको  निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

No description available.

No description available.

तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस बिहान ५ बजेतिर तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।

घटना कसरी भयो भन्नेबारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?