करेन्ट लागेर बालिकाको मृत्यु

लोकपथ
0
Shares

अछाम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर अछामकी एक बालिकाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षिया बालिका सपना नाथको सोमवार राती ९ बजे मृत्यु भएको स्थानीय रामराज नाथले जानकारी दिए।

करेन्ट लागेर घाईते भएकी सपनालाई उपचारका लागि राती जिल्ला अस्पताल अछाममा ल्याएको थियो। अस्पतालले भने राती नै मृत घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?