खसी बाख्रालाई पनि स्विमिङ पुल !

लोकपथ
0
Shares

काठमाडौं । सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । बाख्रालाई स्विमिङ पुल भन्दा । तर सत्य यहि हो । मपवानपुर जिल्लामा खशीबाख्रालाई स्विमिङ पुल निर्माण गरिएको छ । उतरी मकवानपुरको चित्लाङमा सरकारी तवरबाट सञ्चालित बाख्रा विकास फर्ममा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न स्विमिङ पुल बनाइएको हो ।

उक्त स्विमिङ पुलमा त्यहाँका बाख्रा, बोका र पाठापाठीलाई वर्षमा कम्तीमा तीनपटक स्विमिङ गराउने गरिन्छ ।ती चौपायका शरीरबाट जुम्रा, किर्ना, उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरीक विकासमा सहयोग गर्न फरक फरक औाषधि मिश्रित पानी राखिने स्विमिङ पुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिएको छ ।

त्यस्तै, हेटौडा अस्पतालको तरिका पनि फरक देखिन्छ । भवनको पुरै भाग सातामा एकपटक नुहाएर आफूलाई मात्र होइन, त्यहाँ भर्ना भएर उपचाररत बिरामी र उनीहरुका कुरुवालाई पनि फूर्तिलो बनाउन मद्दत गर्दै आएको छ ।

करिब साढे दुई वर्ष अघिसम्म हेटौडा अस्पतालमा सफाइ कर्मचारीले त्यति वास्ता गरेको देखिदैन थियो र हाकिमहरुले निर्देशन दिँदा पनि जुन ठाउँ सफा गर भनिएको हो, त्यही ठाउँमात्र केन्द्रित गर्दै कर्मचारीले सफाइ गर्दथे ।

तर, हाल अस्पताल भवन मानवीय स्वास्थ्यका हिसाबले परिवर्तनशील अवस्थामा छ । अस्पताल भवनको एक सातामा बाथिङ हुने गरेको छ । यो खबर आजको समाचारपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?