तनहुँ । शिक्षक कल्याणकारी कोष तनहुँले दिवङ्गत एवं उपचाररत शिक्षकका परिवारलाई राहत रकम वितरण गरेको छ ।
राहत रकम पाउनेमा छ मृतक र तीन उपचाररत शिक्षकका परिवार छन् । उनीहरुलाई रु तीन लाख ९२ हजार राहत रकम वितरण गरेको हो ।
उपचार गराइरहनुभएका जनगणपति माविका प्रधानाध्यापक अमृत थापा र पञ्चमुनिदेव माविका शिक्षक रामकुमारी श्रेष्ठलाई रु ५२ हजारका दरले राहत रकम वितरण गरिएको छ । त्यस्तै दिवङ्गत हुनुभएका शिक्षकहरु क्रमशः शुक्र आधारभूत विद्यालयका वासुदेव मिश्र र चन्द्रबहादुर गुरुङ, चण्डिका अधारभूत विद्यालयका मानसिंह थापा र विनोद शर्मा वाग्ले तथा अरुण माविका शिक्षक सन्तबहादुर गुरुङको परिवारलाई रु ५२ हजारका हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।
त्यसैगरी क्रिया खर्चमा सहयोग होस् भनि निर्मल माविका शिक्षक विष्णुमाया नेपालीलाई रु १५ हजार र मीन माविकी कार्यालय सहयोगी सोमनारायण श्रेष्ठको परिवारलाई रु १३ हजार सहयोग गरिएको शिक्षक सङ्घ तनहुँका अध्यक्ष कमलभक्त पोखरेलले जानकारी दिए ।
जिल्ला शिक्षा समिति तनहुँका अध्यक्ष एवम् जिल्ला विकास समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मृतक तथा उपचाररत शिक्षक परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षा विकास एवम् समन्वय एकाइका निमित्त प्रमुख विश्व रेग्मी, नेपाल शिक्षक महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन तनहुँका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कोषाध्यक्ष रामभक्त रानाभाट, नेपाल शिक्षक सङ्घ र म्याग्देका अध्यक्ष अशोकचन्द्र वाग्लेलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया